विन्ध्येश्वरी आदर्श स्कुलमा शुक्रवारीय कार्यक्रम
पाेखरा | मंसिर २१, २०८१
पोखरा: पोखरा महानगरपालिका–२ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
शुत्रवारीय अतिरिक्त क्रियाकलाप अनुसार आज विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
वादविवाद कार्यक्रममा आधारभूत तह सिनियर तर्फबाट कक्षा ७ का छात्र विनायक गिरी प्रथम, कक्षा ६ का छात्र आदित्य लम्साल द्वितीय र सोही कक्षाकी छात्रा सबिता सुनारले तृतीय स्थान प्राप्त गरे ।
यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्रहरु सौगात हमाल, अंकित मन्ना र आयान श्रेष्ठ द्वितीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले तृतीय स्थान प्राप्त गरे ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुको चौर्तफी बिकास हुन सहयोग पुग्ने बताए ।
कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र शिक्षिका अनिता थापा रहेका थिए भने, कार्यक्रमको सञ्चालन शिक्षिका उर्मिला परियारले गरिन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

